आइतबार सेयर बजारमा १११ अंकले बढ्यो

५ असोज-काठमाण्डौं, आज आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार आज १११ अंकले बढेको हो ।

 

नेप्से परिसुचक आज २६२३ मा पुगेर बन्द भएको छ । आजको दिनमा २ करोड बराबरको कित्ता सेयर किनबेच भयो भने लगभग ९ अर्ब रकम बराबरको कारोबार भएको छ ।


आज कारोबारमा आएका २२४ कम्पनीको सेयर मूल्य बढ्यो भने २८ कम्पनीको घट्यो । १४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १५ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेका छन ।

 

प्रतिक्रिया दिनुहोस्