३ असोज- उदयपुर, शुक्रबार ट्याक्टर चोरीको आरोपमा तीन जना पक्राउ परेका छन। बिहीबार दिउँसो १ः०० बजे घरैबाट हराएको त्रियुगा नगरपालिका १३ बहेडवाका देवनारायण चौधरीको ट्याक्टर चोरीमा संलग्नलाई १४ घण्टाभित्रै पक्राउ गरेका छन।
चौधरीको घरै अगाडि पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको थियो । उक्त चारीको जानकारी पाउनासाथ खोजतलास थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले शुक्रबार विहान ३ः०० बजे त्रियुगा १३ कै फुलजोरबाट ट्याक्टरसहित चोरीमा संलग्नहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ का २४ वर्षीय सुदिप चौधरी तथा चौदण्डीगढी ५ का २५ वर्षीय रोहितकुमार चौधरी र २४ वर्षीय चन्दनकुमार चौधरी रहेका छन्। चोरीमा संलग्नहरूले प्रयोग गरेको बा६३ प ५४७५ नं.को स्कुटरसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्