०३ असोज – काठमाडौं, आज शुक्रवार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार छापावाल सुन तोलामा २ लाख १६ हजार रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य ८ सयले बढेको हो ।
हिजो बिहीवार सुन तोलामा २ लाख १५ हजार १२ रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज शुक्रवार चाँदी २ हजार ५ सय ८० रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो बिहीवारको तुलनामा ६० रुपैयाले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्