२ असोज- झापा, टेलिफोन तार पाँच बोरा ‘अप्टिकल फाइबर’ भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।उक्त तार मेचिनगर नगरपालिका–५ नकलबन्दाबाट भारततर्फ लगिदै गरेका थिए ।
बुधबार गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय नकलबन्दाको टोलीले तार चोरी गरी लैजादै गरेको शंका लागेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

उक्त कार्यमा पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला पानिट्याङकी बस्ने २४ वर्षीय कार्तिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापा बुद्धशान्ती गाउँपालिका सितलवस्ती बस्ने २५ वर्षीय विजय राजवंशी, इलाम माई नगरपालिका–३ जौबारी बस्ने २७ वर्षीय दिनेश परियार र झापा कचनकबल गाउँपालिका–३ डाँगीबारी बस्ने ४२ वर्षीय सञ्जय माझी रहेका छन् ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्