जापानिज इन्सेफलाइटिस र डेंगुबाट दुई जनाले ज्यान गुमाए

२ असोज – रुपन्देही, जापानिज इन्सेफलाइटिस र डेंगुबाट दुई जनाले ज्यान गुमाएका छन ।

तिलोत्तमा नगरपालिकाका एक पुरुषको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो भने नवलपरासी बर्दघाटका एक पुरुषको डेंगुका कारण मृत्यु भएको रुपन्देहीको स्वास्थ्य कार्यालयले जनाएको छ। रुपन्देहीमा यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट १० जना र डेंगुबाट १ सय ८४ जना संक्रमित भएका छन् ।

संक्रमण न्यूनीकरणका लागि स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकालाई पत्राचार गरी सचेतनामूलक अभियान चलाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्