१ असोज- बैतडी, एक किशोरी मृत अवस्थामा शव फेला परेकी छन् । किशोरीको शव बैतडी जिल्लाको सुर्नया गाउँपालिका–५ नौघरमा भेटिएको हो । स्थानीय रौलेशवर मावि कक्षा १२ मा अध्ययनरत १७ वर्षीया अप्सरा चन्द सुर्नया नदीमा मृत फेला परेकी हुन ।
असोज १ गते बिहान चन्दको शव नदीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । किशोरीको शव फेला परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । घटनाको विस्तृत कारण अहिलेनै खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्