६६ वर्षीय पुरुष मृत भेटिए

१ असोज -काठमाडौँ, एक जना पुरुषको शव फेला परेको छ ।

काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वरमा शव भेटिएको हो । फलफूल मन्डीमा करिब ६६ वर्षीय पुरुष मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मृतकको पहिचान खुलेको छैन । घटनाबारे प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्