करेन्ट लागेर १ जनाको मृत्यु

१ असोज -महोत्तरी, करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

जलेश्वर नगरपालिका- ६ धबौली बस्ने ४० वर्षीय राजेश साहको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । पोलमा चढेर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्