१ असोज -धादिङ, बस र टिपर एक आपसमा ठोक्किँदा बस चालक सहित पाँच जना घाइते भएका छन् ।उक्त दुर्घटना धादिङको थाक्रेमा भएको हो ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको प्रदेश–०१–००१ ख ०३३५ नम्बरको बस र काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा प्र ००६ ख ४२६० नम्बरको टिपर आज बुधबार बिहान साढे ८ बजे थाक्रे गाउँपालिका–२ बाह्रकिल्लामा आपसमा ठोक्किएका थिए ।
उक्त दुर्घटनामा घाइते हुनेहरूमा चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बेलबासका २७ वर्षीय सन्देश अधिकारी, गुल्मीको दरबार गाउँपालिका–२ का ४० वर्षीय कमल सारू मगर, कपिलवस्तुको शिवराज नगरपालिका–७ का २४ वर्षीय पंकज पाण्डे, रुपन्देहीकै कन्चन गाउँपालिका–४ की ६० वर्षीया आइतबहारी थारु र नवलपरासीको देवचुली–५ बस्ने ३२ वर्षीया पुनम थसु रहेका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का २८ वर्षीय टिपर चालक प्रवीण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्