३० भदौ – काठमाडौं, जेनजी प्रदर्शनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि २७ शव आफन्तले बुझेर लगेका छन । आन्दोलनकारीको आक्रमणमा परेर मृत्यु भएका ३ जना प्रहरीको शव पनि आफन्तले बुझेका छन् ।
५ शवको पोस्टमार्टम सकिए पनि आफन्तले बुझेका छैनन् । शिक्षण अस्पतालमा अझै १९ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ । आगजनीमा परेर तथा नयाँ बानेश्वरमा प्रहरीसँग झडप हुँदा मृत्यु भएका ८ वटा शवको पहिचान भने खुलेको छैन ।
प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका १२ जनाको पहिचान खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्