स्रोत नखुलेको नगद ७ लाख बढी रकमसहित ३ जना पक्राउ

३० भदौ- बाँके, स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँसहित ३ जना आइतबार बेलुकी पक्राउ परेका छन । उनिहरुलाई कोहलपुर नगरपालिका– २ सालको बुटा नजिकैबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका– ५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका– १८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन् ।

बा।८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्