नेपालले पायो पहिलो महिला प्रधानमन्त्री, गयो सबै सांसदहरुको पद

२७ भदौ- काठमाडौं, नेपालले जेनजीहरुको आन्दोलन पछि पहिलो महिला प्रधानमन्त्री पाएको छ । पहिलो पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी छन ।उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका छन।

आजै राष्ट्रपति रामचन्द्र पौडैल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र जेनजीका प्रतिनिधिहरूबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद् विघटन गरेर जाने सहमति भएको थियो।

 

अहिले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति भइसकेकी छन । यो समाचार बनाउदै गर्दा सुशीला कार्कीले प्रधानमन्त्रीका शपथ लि रहेकी छन ।

समारोहमा सहभागी हुन् उच्चपदस्थ कर्मचारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू शीतलनिवास पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्