भाटभटनी सुपरमार्केटको भग्नावशेषमा तीनजनाको शव फेला

२७ भदौ- विराटनगर, धरानस्थित भाटभटनी सुपरमार्केटको भग्नावशेषमा तीनजनाको शव फेला परेको छ । जलेर नचिनिने अवस्थामा ती शव भेटिएका छन ।

जेनजी आन्दोलनका क्रममा अराजक समूहले धरान-१० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा आगो लगाएका थिए । आगो निभेसँगै शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली त्यहाँ पसेको थियो । सोक्रममा दोस्रो तलामा एउटा शव जलेर केही अवशेषमात्र बाँकी रहेको अवस्थामा भेटिएको हो ।

प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टम गर्न लगेको छ । यस्तै अन्य दुई शव त्यस्तै अवस्थामा फेला परेको छन ।

 

मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र कम्तीमा ३ जना फसेको भन्दै हल्ला फैलिएको थियो । फसेका व्यक्तिका आफन्तजनहरूले अनौपचारिकरूपमा विभिन्न निकायमा सम्पर्क गरिरहेका छन् । भाटभटेनीमा लागेको आगो हिजो साँझमात्र निभेको थियो ।

प्रतिक्रिया दिनुहोस्