पत्रकार कुटने २ जना पक्राउ

२७ भदौ- दाङ, सल्यानका पत्रकार नोखिराम थापालाई कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शारदा नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष भिकराज बुढाथोकी र प्रमोद भण्डारीले कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नोखिराम थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आज पक्राउ गरी जिप्रकाको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

उनीहरूले श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा भदौ २२ गते राति ९ बजेतिर खाना खाइरहेका थापालाई कुटेका थिए । कुटपिटबाट थापाको टाउको र आँखामा चोट लागेको छ । केही दिनअघि सल्यान श्रीनगर बसपार्कसम्बन्धी समाचार लेखिएको कारण आफूलाई लक्षित गरी आक्रमण गरिएको पत्रकार थापाले बताउदै आएका छन् ।

 

वडाध्यक्ष बुढाथोकी नेपाली कांग्रेसका नेता समेत हुन् भने भण्डारी शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका सहोदर भाइ हुन् ।

श्रीनगर बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको समाचार प्रकाशित गरेपछि उनि कुटिएका थिए। बसपार्कका ठेकेदारसँग प्रमोद र भिकराजको निकट सम्बन्ध भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्