एमालेले भन्योः जेनजी युवाको चाहना बमोजिमको पार्टीलाई बनाउने ।

२७ भदौ- काठमाडौं, आफ्नो पार्टीलाई जेनजी युवाको चाहना बमोजिमको बनाउँदै मुलुकको समस्या समाधान गर्न प्रतिबद्ध रहेको नेकपा (एमाले)का ३२ वटा विभागले जनाएका छन् ।

 

शुक्रबार जारी संयुक्त अपिलमा एमालेलाई हालको जेनजी पुस्ताको चाहना बमोजिमको पार्टी बनाउँदै मुलुकको समस्या समाधान गर्न प्रतिवद्ध जनाएका छन ।

पाँच बुँदे अपिलमा वर्तमान अवस्थाको फाइदा उठाउँदै कालोबजारी गर्न थालिएको भन्दै सहज बनाउन माग गरिएको छ । जेनजी आन्दोलनका क्रममा दलका नेता तथा कार्यकर्ताको घर खोजीखोजी जलाएको विषयमा छानबिनको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्