सुन र चाँदीको मूल्यले राखे कृर्तिमान

२७ भदौ – काठमाडौं, आज शुक्रवार नेपाली बजारमा सुन र चाँदीको मूल्यले भारी कृर्तिमानी कायम गरेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार छापावाल सुन तोलामा २ लाख १५ हजार ८ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य १ हजार ६ सयले बढेको हो ।

हिजो बिहीवार सुन तोलामा २ लाख १४ हजार ७ रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज शुक्रवार चाँदी २ हजार ५ सय ६५ रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य बिहीवारको तुलनामा ६० रुपैयाले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्