विमानस्थल बुधबार साँझ ६ बजेसम्मलाई बन्द

२५ भदौ- काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ ६ बजेसम्मलाई बन्द गएको छ।

 

देशैभर कर्फ्यु लागेको र अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान नेपाली सेनाले निर्देशन गरेका कारण आज पनि विमानस्थल बन्द भएको छ। विषम परिस्थितिका कारण यात्रुको आवतजावत सहज नभएको भन्दै विमानस्थल बन्द गर्नुपरेको हो। आज हुने अन्तर्राष्ट्रिय उडान रिसेड्युल हुने छ भने काठमाडौं आउनुपर्ने विदेशी यात्रु बोकेको विमान पनि सम्बन्धित देशमै रोकिएका छन्। मंगलबारदेखि ठप्प भएको आन्तरिक उडान आज बुधबार पनि नहुने भएको छ।

विषम परिस्थितिका कारण आजका सम्पूर्ण उडानहरु रद्द गरिएको आन्तरिक वायुसेवाहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्