बैतडी जिल्ला कारागारमा रहेका सबै कैदीबन्दी फरार

२५ भदौ- बैतडी, सोमवार साँझ जिल्ला कारागारमा रहेका सबै कैदीबन्दी कारागार तोडफोड गरी फरार भएका छन्।गए राति ८ः३० बजेतिर कैदीबन्दीले कारागारमा आगजनी र तोडफोड गर्दै गेटको ताला तोडी भागेका छन।


कारागारमा रहेका ६२ जना कैदीबन्दी सम्पूर्ण फरार भएका हुन । घटनापछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाअधिकारीको टोली कारागार परिसर पुगेको छ। फरार कैदीबन्दीको खोजतलासका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्