प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकलाइ दिए चेतावनी

२२ भदौ -काठमाडौं, एमालेको दोस्रो विधान सम्मेलनमा आइतबार कार्यकर्तालाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको बताएका छन ।

नेपालको कानुन नमानेर अटेरी गर्नेहरूलाई प्रतिबन्ध लगाउँदा केही बुद्धिजीवीहरूले विरोध गरेको भन्दै आपत्ति समेत जनाए । उनले देशको स्वाभिमानभन्दा केही व्यक्तिको जागिर ठूलो नहुने बताए । देशको कानुन ठाडै उल्लंघन हुँदा पनि चुप लाग्नुपर्ने भन्दै प्रश्न समेत गरे । ओलीले व्यक्तिगत रूपमा आफू हेपिन तयार रहेको तर देशलाई हेपेको सहन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्