मानव कङ्काल कपिलवस्तुको जंगलमा फेला

२२ भदौ- कपिलवस्तु, शनिवार मानव कङ्काल फेला परेको छ । मानव कङ्काल बाणगंगा नगरपालिकामा फेला परेको हो ।

 


बाणगंगा नगरपालिका कार्यालयदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको वन क्षेत्रमा मानव कङ्काल स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेका थिए ।

 

प्रहरी टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक विवरणअनुसार कङ्काल महिला वा पुरुषको हो भन्ने छुट्टाउन नसकिने अवस्थामा भेटिएको हो । प्रारम्भिक अनुसन्धान पछि फेला परेको कङ्काललाई पिपरा अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्