२० भदौ – कैलाली, टीकापुरबाट फरार भएका एक प्रतिबादी पक्राउ परेका छन्।
कैलालीको मिति २०८१ श्रावण ३० गतेको फैसलाले लागूऔषध मुद्दामा १ महिना २९ दिन कैद सजाय तोकेपछि फरार रहेका टीकापुर नगरपालिका(१ ब्लक नम्बर १० बस्ने २८ वर्षीय प्रदिप कुमार भण्डारी पक्राउ परेका छन्। भण्डारीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्