१९ भदौ – सिरहा, प्रादेशिक अस्पतालमा ‘भेन्टिलेटर’को सुविधा नहुँदा सर्पदंशका एक बिरामीको मृत्यु भएको छ ।
औरही गाउँपालिका–३, खजनपुरका ५५ वर्षीय किसान राजेन्द्र यादवलाई यही भदौ १४ गते दिउँसो सर्पले टोकेपछि उनी आफैँ हिँडेर प्रादेशिक अस्पताल, सिरहा पुगेका थिए । तर, उपचार प्रक्रिया सुस्त हुँदा बिरामीको अवस्था गम्भीर बन्यो र अन्ततः अन्यत्र रेफर गरिएपछि मृत्यु भएको पीडितपरिवारको आरोप छ ।
घटनापछि सिरहा विकास मञ्चसहित पीडित परिवार र स्थानीयवासीले बुधबार अस्पताल परिसर र सिरहा बजार क्षेत्रमा विरोध प्रदर्शनसमेत गरेका थिए ।
प्रदर्शनकारीले तीनबुँदे मागसहित प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । मागमा कार्यक्षेत्रमा रहेका चिकित्सकमाथि कारबाही, अस्पतालमा सर्पदंश उपचारको उचित व्यवस्था र एक हप्ताभित्र सघन उपचार कक्ष ९आईसीयू० तथा भेन्टिलेटर स्थापना गर्नुपर्ने उल्लेख छ । गरिब किसानहरू उपचार नपाएर ज्यान गुमाउने अवस्था आएको संयोजक यादवको भनाई रहेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुनिलप्रसाद कुशवाहाले भने अस्पतालमा बिरामीलाई राख्नको लागि भेन्डिलेटर नभएकाले अन्यन्त्र रेफर गर्नुपरेको जानकारी दिएका छन ।
-रासस
प्रतिक्रिया दिनुहोस्