१९ भदौ – काठमाडौं महानगरपालिका-१५ बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४३ वर्षीय अशोक रूम्बालाई अवैध लागूऔषध गाँजाको धुलो (पोल्यान्ड) जस्तो देखिने पदार्थ १ किलो ३ सय ६४ ग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने धादिङ घर भएका ३५ वर्षीय कौशल लामगाढे र काठमाडौं असन बस्ने बारा कलैया उपमहानगरपालिका-३ घर भएका २७ वर्षीय रवि शाह रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१८ चिसाखोला डेरा गरी बस्ने ३३ वर्षीय भिम बहादुर मगर समेत २ जनालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल १३ हजार ५ सय ३० ट्याब्लेट र नगद २ लाख ३९ हजार रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-३ बस्ने २३ वर्षीय विजय सुब्बालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, कटारी नगरपालिका-४ बस्ने ३२ वर्षीय दिपेन राईलाई नियन्त्रित लागूऔषध स्पास्मो २० ट्याब्लेट र टापेन्टाडोल २० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने ४० वर्षीया पुनम थापा मगर र उनकै छोरा २१ वर्षीय अभिषेक थापा मगरलाई अवैध लागूऔषध गाँजा १ किलो १ सय ४० ग्राम सहित पक्राउ गरेको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१३ डम्मुर गाउँ बस्ने २१ वर्षीय पुस्कर घर्तिलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-१३ तुरून्तपुरस्थित पुस्करको डेरा कोठा तलासी गर्दा थप ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर फेला पारी पुस्करको दाजु २७ वर्षीय कमल घर्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, कानेपोखरी गाउँपालिका-६ रमाइलो बस्ने २६ वर्षीय मिन बहादुर बस्नेतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ ग्राम ८ सय ६० मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-२ हलगडा चोकबाट अवैध लागूऔषध ट्रामाडोल ८५ ट्याब्लेट र स्पास्मो ८५ ट्याब्लेट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-४ बस्ने २० वर्षीय अनिल राई, ३५ वर्षीय प्रेम बहादुर राई, झापा कमल गाउँपालिका-३ बस्ने ३३ वर्षीय सन्तोष बस्नेत र मोरङ सुन्दरहरैंचा नगरपालिका-२ बस्ने २२ वर्षीय प्रतिक भण्डारी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्