१९ भदौ – पोर्चुगल, रेलको एक डिब्बा पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । साथै उक्त घटनामा १८ जना घाइते भएका छन्। घटना पोर्चुगलको राजधानी लिस्बनमा ग्लोरिया फ्युनिकुलरमा भएको हो ।
स्थानीय समय अनुसार दुर्घटना बुधबार साँझ ६ बजेतिर भएको हो। दुर्घटनामा घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको र बाँकी १३ जनालाई सामान्य चोटपटक लागेको छ। दुर्घटजनामा एकजना बालक पनि घाइते भएका छन्।
घटनास्थलमा धेरै मानिस फसेको अनुमान गरेपनि उद्दारकर्मीहरूले सबैको उद्दार गरिएको बताएका छन्। सुरक्षाकर्मीका अनुसार मृत्यु हुनेमा विदेशी नागरिक पनि छन्। यद्यपि तिनीहरू कुन देशका हुन् भन्ने पुष्टि हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस्