रास्वपा सचिवमाथी आकमण

 

१९ भदौ- काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सार्वजनिक मामिला विभागका सचिव माथि आक्रमण भएको छ। सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारी माथि गएराति आक्रमण भएको हो ।

 

उनिमाथी गएराति कपनको प्रगति चोकमा आक्रमण भएको हो। नम्बर प्लेट छोपेर एउटा मोटरसाइकलमा पुगेका तीन जनामध्ये दुई जनाले रड प्रहार गरेका थियो। तिनजना मध्ये अर्को एक जनासँग खुकुरी थियो। रड प्रहारबाट १० वटा टाँका लगाउनु पर्ने गरी टाउकोमा गहिरो चोट लागेको छ। भण्डारीका शरीरभर डाम छन्। भण्डारीले भागेर ज्यान बचाएका हुन्। उनको गाडी तोडफोड गरिएको छ।


रास्वपाले घटनाको विषयमा प्रहरीलाई जानकारी गराएको बताएको छ। आक्रमणको कारण राजनीतिक भएको भन्दै निष्पक्ष छानबिन गर्न भनेको छ।
यसअघि बदनलाई नारी टीभीमा दिएको अन्तरवार्तालाई लिएर निरन्तर धम्की आएको खुलेको छ। केहीअघि अफिसमै आएर उनीबारे सोधखोज पनि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्