बसबाट खसेर एक महिलाको मृत्यु

१८ भदौ- ललितपुर, बसबाट खसेर एक महिलाको मृत्यु भएको छ । मंगलबार टिकाभैरव पुलस्थित सडकमा बसबाट खसेर गोदावरी नगरपालिका–६ बस्ने ४५ वर्षीया गीता तिमल्सिना मृत्यु भएको हो ।


प्रदेश ३–०१–००५ ख ९३४६ नम्बरको बसबाट खसेर तिमल्सिना गम्भीर घाइते भएकी थिइन् । उनको पाटन अस्पतालमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्