१८ भदौ- काठमाडौँ, ठुलो परिमाणमा गाँजा सहित एक जना पक्राउ परेका छन ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर–२ स्थित नयका टोलबाट ३५ वर्षीया रिता देवी यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो घरमा लुकाएर राखेको अवस्थामा १३८ किलो ७ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्