१८ भदौ – सुनसरी, इटहरी उपमहानगरपालिका-२ मोहन दंगालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२० बस्ने ४६ वर्षीय कृष्ण कुमार राई समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ११ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्