मालपोतका नासु २ लाख घुससहित पक्राउ

akhatiyar

१८ भदौ – काभ्रेपलाञ्चोक, बुधबार बिहान मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगले छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित आयोगले नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलले टोली मालपोत कार्यालय काभ्रेमा पुगेको र थप जानकारी टोली आयोग आएपछि मात्र जानकारी हुने बताएको छ ।

 

उनिबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्