तनहुँमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

१८ भदौ -तनहुँ, गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घटना पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा भएको हो ।

पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो ।

गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । उनलाई उपचारको लागि पोखरा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्