निर्माणाधीन घरमा करेन्ट लागेर एकजना कामदारको मृत्यु

१८ भदौ- जनकपुरधाम, निर्माणाधीन घरमा करेन्ट लागेर एकजना कामदारको मृत्यु भएको छ । घटना धनुषाको लालगढमा भएको हो ।

मिथिला नगरपालिका-१० लालगढका ४० वर्षीय राजकुमार श्रेष्ठको करेन्ट लागेर मङ्गलबार साँझ मृत्यु भएको हो । स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा वाइरिङको काम गरिरहेका श्रेष्ठलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

 

शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्