रतुवाको मासुसहित एक जना पक्राउ

१८ भदौ-कञ्चनपुर, रतुवाको मासुसहित एक जना पक्राउ परेका छन। दोधारा चाँदनी नगरपालिका–२ पूर्णागिरि टोलका अन्ताजी ५६ वर्षीय राजेन्द्र सिंह भाटलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।

 


भाटलाई सोही नगरपालिका–३ शान्ति टोलबाट गोप्य सूचनाका आधारमा रतुवाको मासुसहित पक्राउ गरिएको छ। बरामद रतुवाको मासुसहित भाटलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जिम्मा लगाइएको छ। निकुञ्जले भाटमाथि आवश्यक कारबाही प्रक्रियासँगै थप अनुसन्धानको कार्य अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्