पाकिस्तानी युवाको छतबाट खसेर मृत्यु

१७ भदौ – हङकङ, भवनको छतमा सुतिरहेका पाकिस्तानी युवाको खसेर मृत्यु भएको छ। घटना हङकङको काउलुनमा भएको हो ।

मंगलबार बिहान करिब साढे ५ बजे पोसिङ कोर्टको तेस्रो तलाको प्लेटफर्ममा ती व्यक्ति बेहोस अवस्थामा फेला परेका थिए। उनलाई याउमा तेईस्थित क्वाङ वाह अस्पताल लगिएका अस्पतालले मृत घोषित गरिएको थियो। स्थानीय मिडियामा उल्लेख भएअनुसार ती व्यक्ति बिहान २ बजे त्यहाँ बस्ने आफन्तलाई भेट्न पुगेका थिए तर फ्ल्याटको ढोका नखुलेपछि छतमा उक्ले र त्यहीँ निदाए।

 

बिहान करिब ४ बजे उनी निदाएकै अवस्थामा छतबाट खसेको सीसीटीभीमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्