नक्कली प्रहरी बनेर मोबाइल लुटपाट

१७ भदौ – काठमाडौँ, नक्कली प्रहरी बनेर मोबाइल लुटपाट गर्ने दुई जना पक्राउ परेका छन ।

कैलालीको बडी वेदीपुर गाउँपालिका–२ घर भई काठमाडौँ, बानियाटार बस्ने २९ वर्षीय हेमराज ढुङ्गाना र सिन्धुपाल्चोक, जुगल गाउँपालिका–७ घर भई काठमाडौँ बस्ने ३१ वर्षीय विनोद सी. लाई प्रहरीले पक्राउ गरेको छ ।


सोमबार काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास क्षेत्रमा प्रहरी हुँ भन्दै सर्वसाधारणलाई नियन्त्रणमा लिएर मोबाइल लुटपाट गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनिहरुसँग लुटिएका विभिन्न कम्पनीका मोबाइलहरू समेत बरामद गरिएको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्