नदीको साइफनमा हाम फालेपछि एकजना बेपत्ता

१७ भदौ- कञ्चनपुर, नदीमा बगेर एक जना बेपत्ता भएका छन् । घटना बेदकोट नगरपालिकास्थित बल्मा घटेको हो ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनपुरको बेदकोट नगरपालिका– १० का २० वर्षीय बलिभद्र राना बल्मा नदीमा बेपत्ता भएको जानकारी दिएको छ ।

 

आज दिउँसो उक्त नदीको साइफनमा हाम फालेपछि राना बेपत्ता भएका हुन् । बेपत्ता रानाको खोजीकार्यमा जिल्ला प्रहरी कार्यालयबाट १२ जना प्रहरी खटिएको छ ।विपद् व्यवस्थापन महेन्द्रनगर गुल्मबाट समेत छ जना प्रहरीको टोली खोजीकार्यमा खटिएको छ।

कञ्चनपुरमा आइतबार रातिदेखिको अविरल वर्षाका कारण यहाँका नदीमा पानीको सतह बढेको छ ।

प्रतिक्रिया दिनुहोस्