१७ भदौ- सिरहा, आमा र छोरा मृत फेला परेका छन् ।
लहान नगरपालिका-१ मटिअर्वा घर भई लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका छन । बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र खाटमाथि जेठा छोरा एरोन मृत फेला परेका हुन् । नौ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा फेला परेको प्रहरीले बताएको छ । बालकको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा प्रहरी पुग्दा कोठा भित्रबाट चुकुल लगाइएको थियो । त्यही फ्ल्याटमा बस्दै आएकाले खबर गरेपछि प्रहरी पुगेर ढोका खोलेको थियो । आमाले घरायसी विवादमा दुई छोरालाई विष खुवाएर आफैंले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्