लगभग २३ लाख बराबरको काजु बरामद

१७ भदौ -काठमाडौं, भन्सार छलेर ल्याइएका काजुसहित प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो करिव २ बजेको समयमा प्रहरी बृत्त, स्वयम्भु र नयाँबानेश्वरको टोलीले बानेश्वरको शान्तिनगरमा म. प्रदेश ०२००१ ख ० ३२५ नं. को ट्रकलाई नियन्त्रणमा लिएर छापा मार्ने क्रममा ‘डब्ल्यु २४० ओ एम क्यासइवी’ लेखिएको १५३ थान बट्टामा १० किलोग्राम प्रति बट्टाको दरले जम्मा १५३० किलोग्राम, अन्दाजी २२ लाख ९५ हजार रुपैयाँ बराबरको काजु फेला परेको थियो ।

काजुको मूल्य २२ लाख ९५ हजार रुपैयाँ बराबर भएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

सामानको साथमा धनुषा, सबैला नगरपालिका ५ घर भएका १९ वर्षीय धीरेन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सामानसहित आरोपीलाई ललितपुर, हरिहरभवनस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्