करिब चार करोड नगद र सुनसहित एक जना पक्राउ

१७ भदौ- काठमाडौं, करिब चार करोड नगद र सुनसहित एक जनालार्य प्रहरीले पक्राउ गरेको छ । उक्त युवकलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको हो ।

 

मंगलबार उक्त नगद र सुनसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको प्रहरीले विनोद श्रेष्ठलाई पक्राउ गरेको हो ।


ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले एक घरमा छापा मारेको थियो । त्यसक्रममा ४ करोड नगद र सुन बरामद भएको उपत्यका प्रहरी कार्यालयकाले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्