१७ भदौ- काठमाडौं, आज मंगलबार सेयर बजार नेप्से परिसूचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा पुगेको छ ।
३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार कित्ता सेयर किनबेचमा ४ अर्ब ४३ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएकाहरुमध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२१ कम्पनीको भाउ घटेको छ ।
प्रतिक्रिया दिनुहोस्