जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

१७ भदौ -कास्की, पोखरा महानगरपालिका-६ शान्तिपाटन बस्ने ३६ वर्षीय प्रज्वल बुढाथोकीको माईली थकाली भान्सा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रज्वल समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार ८ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्