गाँजासहित एक जना भारतीय नागरिक एयरपोटबाट पक्राउ

१७ भदौ – काठमाडौं, अवैध लागुऔषध गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । उनि त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट समातिएका हुन ।

भारतीय नागरिक ४० वर्षीय मत्रा पथरत अली अकबर एक किलो ७०८ ग्राम गाँजासहित पक्राउ परेका हुन। विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा पक्राउ गरेको हो । उनको लगेजबाट गाँज बारमद भएको छ ।

 

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्