जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु

१७ भदौ- बैतडी, जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ।


पाटन नगरपालिका–७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको मृत्यु भएको छ। जंगली जनावरका लागि मकै बारीमा थापेको विद्युतीय धरापमा परेर भट्टको मृत्यु भएको हो। मृतक भट्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले बताएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्