१७ भदौ- दार्चुला, हिजो भएको अटोरिक्सा दुर्घटनामा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ।
नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा नौगाड गाउँपालिका–६ डाडा बस्ने १७ वर्षीया भागा धामी र उनकी १२ वर्षीया भतिजी आरुषा धामीको शव फेला परेको छ। होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेको थियो।
प्रहरीका अनुसार अटोरिक्सा चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक मनिरामका छोरा १७ वर्षीय आयुस सोही दुर्घटनामा घाइते भएका छन्। उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्