खोलामा डुबेर ६० वर्षीया महिलाको मृत्यु

१६ भदौ – रौतहट, खोलामा डुबेर ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

 

राजपुर नगरपालिका-७ अकोलवा बस्ने ६० वर्षीया जयनक खातुनको कुरिया खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको हो ।

डुबेर अशक्त भएकी खातुनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्