१६ भर्दा- पाकिस्तान, सोमबार बिहान एक सरकारी हेलिकोप्टर दुर्घटना हुँदा सवार सबै पाँच जनाको मृत्यु भएको छ । घटना पाकिस्तानको उत्तर क्षेत्रमा रहेको गिलगिट-बल्तिस्तानको दिआमेर जिल्लाको हो ।
उक्त हेलिकोप्टर एक पहाडी पर्यटकीय क्षेत्रमा नयाँ प्रस्तावित हेलिप्याडमा परीक्षण अवतरण गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो । मृतकमध्ये दुई जना पाइलट र तीन जना प्राविधिक कर्मचारी रहेका छन् । दुर्घटना स्थानीय समयअनुसार बिहान करिब १० बजे भएको हो ।
-रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्