१६ भदौ- दार्चुला, अटो दुर्घट्नामा परी एक बालिकाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् र तेहि घटनामा एक घाइते समेत भएका छन् । दुर्घटना आज दिउँसो करिव १ बजेतिर भएको हो ।
नौगाड गाउँपालिका–५ को सौकेबगर भिरको सडकबाट म–१ ह–११४८ नम्बर अटो नौगाड खोलामा खस्दा अन्दाजी १२/१३ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मृतक बालिकाको सनाखत अझै भएको छैन । सोही अटोमा सवार दुई जना महिला नौगाड खोलामा वेपत्ता भएको प्रहरीले बताउको छ । अटोमा चालक सहित पाँच जना सवार रहेको बताइएको छ ।अटोमा सवार अटो चालक मनीराम भुलको १७ वर्षीया छोरा आयुष भुल घाइते भएका छन् । उनलाई घट्ना स्थलबाट उद्दार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।
नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडबाट धुलिगडातर्फ आउँदै गरेको अटो सडकबाट अन्दाजी ५० मिटर तल नौगाड खोलामा खसेको हो। अटो चालक मनीराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
-गोरखापत्र
प्रतिक्रिया दिनुहोस्