बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्युु

१६ भदौ- चितवन, बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्युु भएको छ । घटना नारायणगढ-मुग्लिन सडक खण्डको सत्र किलोमा घटेको हो ।

नारायणगढबाट लम्जुङ तर्फ जाँदै गरेको ग १ ख ४१४० नं.को बस विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

 

मृत्यु हुने व्यक्तिको पहिचान अझै न खुलेको प्रहरीले बताएको छ । बस चालक लमजुङको बेशीसहर नगरपालिका ११ घर भएका २७ वर्षीय मनबहादुर बि.कलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्