बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

१६ भदौ – काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ४६ वर्षीय प्रदिप खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७९ असोज ३० गतेको फैसलाले उक्त मुद्दामा २० लाख रूपैयाँ जरिवाना, ७ दिन कैद र क्षतिपुर्ती बापत शुल्क ८० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो ।

उनलाई  फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्