भदौ अन्तिमदेखी नयाँ नोट साटन पाइने

 

१५ भदौ- काठमाडौं, नेपाल राष्ट्र बैंकले दशैँ, तिहारलगायत चाडलाई लक्षित गरेर यही भदौ २९ देखि असोज १० गतेसम्म नयाँ नोट साट्ने व्यवस्था गरेको बताएको छ ।

थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट नोट साट्न पाइने बैंकको मुद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गरेर जानकारी दिएको छ ।

चाडपर्वका बेला रु ५, १०, २०, ५० र १०० दरका नोटको माग अधिक हुने गरेकोले चाडपर्वका बेला नै केन्द्रीय बैंकले मैला नोट खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०६७ ६८ को मौद्रिक नीति मार्फत ‘सफा नोट नीति’ सार्वजनिक गरेको थियो । आर्थिक कारोबारमा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैैंकलाई बुझाउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्