१५ भदौ- रसुवा, निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ। पहिरो गोसाईकुण्ड गाउँपालिका–२, निर्माणाधीन भन्सार क्षेत्रमा गएको हो । स्थानीका अनुसार भदौ १५ गते बिहान गएको पहिरोले आसपासको क्षेत्र प्रभावित बनाएको छ ।
उक्त पहिरोमा पर्सा जिल्ला, विश्रामपुर–४ निवासी १९ वर्षीय विनयदास थारू खस्दा घाइते भएका छन । रोजगारीको सिलसिलामा टिमुरे बस्दै आएका थारू सोही बिहान रसुवागढी पैदल जाँदैगर्दा खसेको ढुङ्गाले उनको टाउको, कान र काँधमा चोट लागेको हो । उनको उपचार टिमुरे स्वास्थ्य चौकीमा भएको हो ।
प्राथमिक उपचारपछि उनलाई आइतबार बिहान ९ः४० बजे बा. १४ च. १६६१ नम्बरको स्कर्पियोमा थप उपचारका लागि काठमाडौँ पठाइएको छ। पहिरोका कारण भन्सार निर्माण कार्य रोकिएको छ । थप क्षतिको जोखिम कायम रहेको अधिकारीहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्